hERO hERO

ऐरी र लामीछानेको बलिङ वरियतामा सुधार

बुधबार, भदौ ४, २०८२

काठमाडौँ :दिपेन्द्र सिं ऐरी र सन्दीप लामीछानेको एक दिवशीय बलिङ वरियतामा सुधार आएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आज सार्वजनिक गरेको बलिङ वरियतामा ऐरीले दुई स्थान सुधार गर्दै ८९ औँ स्थानमा पुगेका छन् । यसअघि उनी ९१ औँ स्थानमा थिए । लामीछानेले पनि वरियतामा एक स्थान सुधार गर्दै ६४ औँ स्थानमा आईपुगेका छन् । ललित राजवंशीको भने वरियता एक स्थान खस्किएर ५६ औँ स्थानमा झरेका छन् । करण केसी १०० औँ स्थानमा यथावत छन् ।

एक दिवशीय बलिङ वरियताको शीर्ष स्थान दक्षिण अफ्रिकाका केशव महाराजले कब्जा गरेका छन् ।

यसअघि तेस्रो स्थानमा रहेका उनले दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा पुगेका हुन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्