hERO hERO

नेपाली खेलाडीको एक दिवशीय ब्याटिङ वरियता खस्कियो

बुधबार, भदौ ४, २०८२

काठमाडौँ :एक दिवशीय ब्याटिङ वरियता तर्फ नेपालका सबै खेलाडीको वरियता खस्किएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आज सार्वजनिक गरेको ब्याटिङ वरियतामा कुशल भुर्तेलको वरियता एक स्थान खस्किएर ९१ औँ स्थानमा आइपुगेका छन् ।

आरिफ शेख ९३ तथा आशिफ शेख ९६ औँ स्थानमा झरेका छन् । यी दुबैको वरियता एक एक स्थान खस्किएको हो । रोहित पौडेल १०० औँ स्थानमा यथावत छन् । एक दिवशीय ब्याटिङ वरियताको शीर्ष स्थानमा भारतका शुभमन गिल यथावत छन् ।

दोस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् । उनले वरियतामा एक स्थान सुधार गर्दै दोस्रो स्थानमा पुगेका हुन् ।

पाकिस्तानका बाबर आजमको वरियता खस्किएर तेस्रो स्थानमा आइपुगेका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्