सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:भूटानको चाम्लिमिथाङ रंगशालामा आजदेखि सुरू भएको यू–१७ साफ महिला च्याम्पियनशिपको उद्घाटन खेलमा नेपाल ठूलो अन्तरले पराजित भएको छ।
नेपाल भारतसँग ७–० गोलले हार्यो। पहिलो हाफमै नेपाल ५–० ले पछि परेको थियो भने दोस्रो हाफमा थप दुई गोल खान पुग्यो।भारतको जितमा अभिष्टा बस्नेत, निरा लोङजम र अनुष्का कुमारीले २–२ गोल योगदान गरे भने कप्तान जुलान नोङमेथेमले १ गोल गरिन्।
नेपालले आफ्नो दोस्रो खेल पर्सि शुक्रबार आयोजक भूटानसँग खेल्ने तालिका छ।प्रतियोगितामा नेपाल, भारत, भूटान र बङ्गलादेश गरी ४ टोली सहभागी छन्।
डबल राउन्ड रोबिन लिगका आधारमा हुने च्याम्पियनशिपमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।