hERO hERO
टप इन्ड टी–२० सिरिज

सोमपालको उत्कृष्ठ बलिङमा नेपालको दोस्रो जित

बुधबार, भदौ ४, २०८२

काठमाडौँ :नेपालले बलिङ र फिल्डिङमा उत्कृष्ठ प्रदर्शन गरेपछि टप इन्ड टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।

यसअघि भएका तीन खेलमा लगातार हार भोगेको नेपालले त्यसपछिका दुई खेलमा लगातार जित निकालेको हो । आज भएको आफ्नो पाँचौ खेलमा नेपालले मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराएको हो । जितकालागि नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्स निर्धारित ओभरमा सवै विकेट गुमाउँदै १०६ रनमा समेटियो । उसकालागि अर्जुन नायरले सर्वाधिक २६ रनको योगदान गरे । जय लेमिरेले १८ , ह्यारी डिक्सनले १६ तथा  ओली पिकेले १४ रन बनाए ।

मेलबर्न रेनेगेड्सलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले सर्वाधिक ५ तथा कुशल भुर्तेलले २ विकेट हात पारे । कप्तान दिपेन्द्र सिं ऐरीले उत्कृष्ठ फिल्डिङ गर्दै चार ओटा क्याच गरे ।

त्यसअघि अष्ट्रेलियाको पामस्र्टनमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालकालागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान गरे ।

कप्तान दिपेन्द्र सिं ऐरीले २७ तथा लोकश बमले २४ रनको योगदान गरे । रुपेश सिंले १६ रन जोडे ।  नियमित कप्तान रोहित पौडेलसहित पाँच खेलाडीलाई बेञ्चमा राखेरे नयाँ स्वाद चाख्न खोजेको नेपालको ब्याटिङ लाईन भने आज पनि ध्वस्त देखियो । भुर्तेल एक रनमा पवेलियन फकिर्ए । आरिफ शेख १२ तथा भीम सार्कीले १७ रन बनाएका थिए । गुल्शन झा मात्र २ रनमा समेटिए ।

सोमपाल कामीले खाता नै खोल्न सकेनन् । निरन्तर खस्किएको प्रदर्शन पछि मुख्य प्रशिक्षक स्टुअर्ट ल ले कप्तान रोहित पौडेल ,सन्दीप लामीछाने,आशिफ शेख,करण केसी र रिजन ढकाललाई बेञ्चमा राखेका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्