सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत मेलबर्न रेनेगेड्सविरुद्दको खेलमा नेपालले फ्लप ब्याटिङ गरेको छ ।
पामस्र्टनमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।
कप्तान रोहित पौडेलसहित पाँच खेलाडीलाई बेञ्चमा राखेरे नयाँ स्वाद चाख्न खोजेको नेपालको आज पनि ब्याटिङ लाईन ध्वस्त देखिएको हो । ओपनिङ ब्याटिङमा आएका कुशल भुर्तेल एक रनमा पवेलियन फकिर्ए ।
दोस्रो ओभरको पहिलो बलमै उनी आउट हुन पुगेका थिए । आरिफ शेख १२ तथा भीम सार्कीले १७ रन जोडे । कुशल मल्ल २९ रनमा क्याच आउट हुँदा गुल्शन झा मात्र २ रनमा समेटिए । सोमपाल कामीले खाता नै खोल्न सकेनन् । कप्तान दिपेन्द्र सिं ऐरीले २७ तथा लोकश बमले २४ रनको योगदान गरे । रुपेश सिंले १६ रन जोडे ।
निरन्तर खस्किएको प्रदर्शन पछि मुख्य प्रशिक्षक स्टेअर्ड लले कप्तान रोहित पौडेल ,सन्दीप लामीछाने,आशिफ शेख,करण केसी र रिजन ढकाललाई बेञ्चमा राखेका थिए ।