सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत मेलबर्न रेनेगेड्सविरुद्दको खेलमा नेपाली टोलीमा ठूलो फेरबदल भएको छ ।
निरन्तर फ्लप ब्याटिङ पछि कप्तान रोहित पौडेल सहित पाँच खेलाडी लाई बेञ्चमा राखिएको छ । आज कप्तान पौडेलसंगै सन्दीप लामीछाने,आशिफ शेख,करण केसी,रिजन ढकाललाई बेञ्चमा राखिएको छ ।
गुल्शन झा,दिपेन्द्र सिं ऐरी,रुपेश सिं सोमपाल कामी र सहाव आलम टोलीमा फर्किएका छन् । टस जितेको नेपालले पहिले ब्याटिङ रोजेको छ । आज कप्तानको जिम्मेवारी दिपेन्द्र सिं एैरीले सम्हालेका छन् ।