सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :सेप्टेम्बर ९ देखि सुरु हुने एशिया कप क्रिकेटका लागि भारतले १५ सदस्यीय टिम घोषणा गरेको छ । नयाँ कप्तान सूर्यकुमार यादवको नेतृत्वमा भारतले पहिलो खेल १० सेप्टेम्बरमा यूएईविरुद्ध खेल्नेछ ।
ओपनिङमा तीन विकल्प भारतीय स्क्वाडमा अभिषेक शर्मा, शुभमन गिल र संजू सैमसन ओपनरका विकल्पका रूपमा रहेका छन् । गिल उपकप्तान भएकाले उनी ओपनिङमा खेल्ने लगभग निश्चित देखिन्छ । त्यस अवस्थामा अभिषेक वा सैमसनमध्ये एकजना मात्र पहिलो रोजाइमा पर्नेछन् । लेफ्ट–राइट संयोजनलाई ध्यान दिँदा गिलसँगै अभिषेकले सुरुवात गर्ने सम्भावना बढी छ भने सैमसनलाई नम्बर–३ मा उतार्न सकिन्छ ।
सैमसन र तिलकबीच प्रतिस्पर्धा सैमसनलाई विकेटकीपर ब्याटरको रूपमा प्राथमिकता दिइने अनुमान भए पनि नम्बर–३ को स्थानमा उनी र तिलक वर्माबीच प्रतिस्पर्धा हुनेछ । तिलक हाल टी–२० ब्याट्सम्यान र्याङ्किङमा दोस्रो स्थानमा रहेका कारण उनलाई बाहिर राख्न गाह्रो पर्छ । सैमसनलाई खेलाउने हो भने तिलक बेन्चमा बस्न सक्छन्, तर संयोजन मिलाएर दुवैलाई खेलाउने सम्भावना पनि बाँकी छ ।
मिडल अर्डर र कप्तान नम्बर–४ मा कप्तान सूर्यकुमार यादव अडिग छन् । आवश्यक परेको खण्डमा उनी नम्बर–३ मा पनि खस्न सक्छन्, जसले लेफ्ट–राइट ब्यालेन्स कायम गर्न मद्दत पुर्याउँछ । मिडल अर्डरमा हार्दिक पण्ड्या, अक्षर पटेल र शिवम दुबे तीनै जना अलराउण्डरलाई मौका दिइने लगभग निश्चित छ ।
बलिङ आक्रमण गति र स्पिन दुवै सन्तुलनमा राखिएको छ । अर्शदीप सिंह, जसप्रीत बुमराह र वरुण चक्रवर्ती स्थायी रूपमा रहनेछन् । पिचअनुसार कुलदीप यादव वा हर्षित राणा बीच रोजाइ हुने अनुमान छ ।
बुमराहलाई आराम दिने सम्भावना पहिलो चरणमा यूएई र ओमानजस्ता टोलीविरुद्ध भारतले प्रयोग गर्ने सम्भावना छ । त्यस्तो अवस्थामा जसप्रीत बुमराहलाई आराम दिइने र लोअर अर्डर ब्याटिङ बलियो बनाइने विकल्प खुला रहनेछ । तर पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशविरुद्ध भने बुमराहसहितको बलिङ अट्याक उतारिनेछ ।
भारतको सम्भावित प्लेइङ–११
शुभमन गिल, अभिषेक शर्मा, संजू सैमसन (विकेटकीपर), सूर्यकुमार यादव (कप्तान), हार्दिक पण्ड्या, अक्षर पटेल, शिवम दुबे, कुलदीप यादव, अर्शदीप सिंह, जसप्रीत बुमराह, वरुण चक्रवर्ती।
एक्स्ट्रा: जितेश शर्मा, हर्षित राणा, तिलक वर्मा, रिंकू सिंह।