hERO hERO

दक्षिण अफ्रिकाको शानदार जित,अस्ट्रेलिया ९८ रनले पराजित

बुधबार, भदौ ४, २०८२

काठमाडौं : दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध पहिलो ओडिआईमा शानदार जित दर्ता गरेको छ ।

मंगलबार सम्पन्न खेलमा पाहुना टोलीले घरेलु मैदानमा अस्ट्रेलियालाई ९८ रनले पराजित गर्‍यो ।

पहिले ब्याटिङमा उत्रिएको अफ्रिकाले ५० ओभरमा आठ विकेट गुमाएर २९६ रनको सशक्त योगफल बनायो । कप्तान टेम्बा बाभुमा (६५), एडेन मार्कराम (८३) र म्याथ्यू ब्रेट्जके (५७) ले अर्धशतक बनाएर टोलीलाई ठोस स्थिति पुर्‍याए । अस्ट्रेलियाका टेभिस हेडले चार विकेट लिए पनि अफ्रिकी ब्याट्सम्यानलाई रोक्न असफल भए ।

२९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया भने ४०.५ ओभरमै १९८ रनमा अलआउट भयो । कप्तान मिचेल मार्सले ८८ रनको जुझारु पारी खेले पनि अरू ब्याट्सम्यानले साथ नदिँदा अस्ट्रेलिया ठुलो अन्तरले पराजित भयो ।

बलिङमा दक्षिण अफ्रिकाका केशव महाराज चम्किए । उनले १० ओभरमा ३३ रन मात्र दिँदै पाँच विकेट लिए र ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्