hERO hERO

अष्ट्रेलियामा नेपालको पहिलो जित 

मंगलबार, भदौ ३, २०८२

काठमाडौँ :अष्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।

लगातार तीन खेलमा पराजय भोगेको नेपालले चौथो खेलमा जित निकालेको हो । आज भएको खेलमा नेपालले हर्बट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो । जितकालागि नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १६.१ ओभरमा अलआउट हुँदै ११४ रनमा समेटियो ।

हर्बट हुरिकेन्सलाई सस्तैमा समेट्ने क्रममा नन्दन यादवले  सर्वाधिक ५ विकेट लिए । 
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन जोडेको थियो । नेपालका लागि मिडअर्डरमा आएका आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए। उनले २६ बलमा ३३ रन जोड्दै लोकेश बमसँग छैटौँ विकेटका लागि ३८ रनको साझेदारी गरे।पावरप्लेमा आक्रामक सुरुवात गर्दै नेपालले ६ ओभरमा १ विकेटको क्षतिमा ५९ रन बनाएको थियो। तर त्यसपछि नियमित अन्तरालमा विकेट गुमाए।
पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेल २१ बलमा २७ रन बनाएर क्याच आउट भए।
अर्का ओपनर आसिफ शेख २७ बलमा २९ रनमा क्याच आउट भए।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्