hERO hERO

टप एण्ड टी–२० सिरिज : हर्बटविरुद्द नेपालले दियाे १८१ रनको लक्ष्य

मंगलबार, भदौ ३, २०८२

काठमाण्डौ :अष्ट्रेलियाको पामस्र्टनस्थित काजालिस मैदानमा जारी टप एण्ड टी–२० सिरिजको चौथो खेलमा नेपालले हर्बट हुरिकेन्सलाई १८१ रनको चुनौती दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन जोडेको हो।

नेपालका लागि मिडअर्डरमा आएका आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए। उनले २६ बलमा ३३ रन जोड्दै लोकेश बमसँग छैटौँ विकेटका लागि ३८ रनको साझेदारी गरे।

पावरप्लेमा आक्रामक सुरुवात गर्दै नेपालले ६ ओभरमा १ विकेटको क्षतिमा ५९ रन बनाएको थियो। तर त्यसपछि नियमित अन्तरालमा विकेट गुमाए।

  • पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेल २१ बलमा २७ रन बनाएर क्याच आउट भए।
  • अर्का ओपनर आसिफ शेख २७ बलमा २९ रनमा क्याच आउट भए।
  • भिम सार्की १८ रनमा बोल्ड भए भने कप्तान रोहित पौडेल ११ बलमा ९ रनमै एलबीडब्ल्यू आउट भए।
  • कुशल मल्ल ६ रनमै आउट हुँदा, करण केसी खाता खोल्न नपाउँदै फर्किए।
  • इन्ङ्सको अन्त्यतिर लोकेश बम २५ रनमा अविजित रहे भने नन्दन यादव १ रनमा नटआउट रहे।

हुरिकेन्सका बलरमध्ये निभाथन राधाकृष्णन र राफेल म्याकमुलेनले समान २–२ विकेट लिए। मार्कस विन्स, ब्राडले होप र गार्बेल बेलले १–१ विकेट हात पारे।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश एसँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो। चौथो खेलमा नेपाल पहिलो जितको खोजीमा मैदान उत्रिएको हो।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्