hERO hERO

अष्ट्रेलिया–दक्षिण अफ्रिकाबीचकाे एकदिवसीय सिरिज आजदेखि

मंगलबार, भदौ ३, २०८२

काठमाडौँ :अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच तीन खेलको एकदिवसीय  सिरिज आजबाट सुरु हुँदैछ। पहिलो खेल अष्ट्रेलियाको केर्न्सस्थित कैजली स्टेडियममा नेपाली समयानुसार बिहान १०:१५ बजे सुरु हुनेछ।
पिच र टसको समीकरण
यो मैदानमा अहिलेसम्म जम्मा पाँचवटा एकदिवसीय खेल मात्र भएका छन्, जसमा सबैमा अष्ट्रेलियाले विजयी भएको छ। तथ्याङ्कले देखाउँछ—पाँचमध्ये तीन पटक पछिल्लो ब्याटिङ गर्ने टोलीले जित निकालेको छ। त्यसैले टस जित्ने कप्तानले पहिला बलिङ रोज्ने सम्भावना बढी देखिन्छ। यस मैदानमा अन्तिम एकदिवसीय सन् २०२२ मा अष्ट्रेलिया र न्युजिल्यान्डबीच भएको थियो।

सन्दर्भ : टी–२० सिरिजको नतिजा

एकदिवसीय सिरिजअघि दुवै टोलीबीच भएको तीन खेलको टी–२० सिरिज अष्ट्रेलियाले २–१ ले जितेको थियो। अहिले दक्षिण अफ्रिका पलटवार गर्ने सोचमा छ भने अष्ट्रेलिया घरेलु मैदानमा आफ्नो दबदबा कायम राख्न चाहन्छ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्