सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: प्रदर्शन गर्न नसक्दा र चलेका खेलाडीले लय गुमाउँदा नेपाली टोली टप इन्ड टी–२० शृङ्खलामा निरन्तर हारको सामना गरिरहेको छ। यही दबाबबीच आज नेपालले चौथो खेलमा अस्ट्रेलियाको होबर्ट हुरिकेन्ससँग भिड्न लागेको हो । यी दुई टाेली बीचकाे खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे पार्मस्टनमा हुनेछ।
यसअघि नेपालले खेलेका तीनै खेलमा पराजय व्यहोरेको छ। पहिलो खेलमा आयोजक नर्थन टेरिटोरी स्ट्राइकसँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग हार बेहोरेको हो। हिजो मात्र स्टार्सविरुद्ध नेपाल ३१ रनले पराजित भएको थियो।
प्रतियोगितामा ११ टोली सहभागी छन् र प्रत्येकले लिग चरणमा ६ खेल खेल्ने तालिका छ। नेपालले अब भोलि मेलबर्न रेनेगेड्स र आउँदो शुक्रबार पाकिस्तान साहिन्ससँग खेल्नेछ।
आगामी आईसीसी टी–२० विश्वकप छनोटलाई लक्षित गर्दै अस्ट्रेलियाको यो टप इन्ड टी–२० शृङ्खला नेपालका लागि तयारी मैदानका रूपमा रहेको छ। शृङ्खला सकिएपछि पनि नेपाली टोलीले थप अभ्यास खेल खेल्दै छनोटका लागि अन्तिम तयारी गर्नेछ।