hERO hERO

अष्ट्रेलियामा नेपालको लगातार तेस्रो हार

सोमबार, भदौ २, २०८२

काठमाडौँ :टप इण्ड टी–२०  सिरिजमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ ।

डार्विनको टीआईओ स्टेडियममा आज भएको तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससंग ३१ रनले पराजित भएको हो । जितकालागि मेलबनले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आशिफ शेखले अधैशतकिय पारी खेल्दै सर्वाधिक ५३ रनको योगदान गरे । कप्तान रोहित पौडेलले ३३ तथा कुशल भुर्तेलले २५ तथा कुशल मल्लले ११ रन बनाएपनि अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् ।

त्यसअघि टस जितेर सुरुवाती ब्याटीङ थालेको मेलबर्नले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । उसकालागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ तथा थोमस रोजर्सले ६५ रनको योगदान गरे ।

बलिङतर्फ सन्दीप लामीछानेले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी र शहाव आलमले एक–एक विकेट हात पारे । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्