सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :टप इण्ड टी–२० सिरिजमा नेपालले मेलबर्न स्टार्सबाट १७६ रनको लक्ष्य पाएको छ ।
डार्विनको टीआईओ स्टेडियममा टस जितेर सुरुवाती ब्याटीङ थालेको मेलबर्नले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । उसकालागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ तथा थोमस रोजर्सले ६५ रनको योगदान गरे ।
बलिङतर्फ सन्दीप लामीछानेले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी र शहाव आलमले एक–एक विकेट हात पारे । अहिलेसम्म खेलेका दुवै खेलमा पराजय भोगिसकेको नेपाल आज पहिलो जितको खोजीमा छ ।