सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इण्ड टी–२० सिरिजमा नेपालले भोली मेलबर्न स्टार्ससँग खेल्दैछ।
खेल नेपाली समय अनुसार विहान सवा ७ बजे डार्विनको टीआईओ स्टेडियममा सुरु हुनेछ। नेपालले अहिलेसम्म खेलेका दुवै खेलमा पराजय भोगिसकेको छ भने स्टार्सले एकमा जित र एकमा हार ब्यहोरेको छ । नेपालले अब बाँकी खेलमा होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा ११ टोली सहभागी छन् ।