hERO hERO

यु-१७ च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीको बिदाई

आइतबार, भदौ १, २०८२

काठमाडौँ :भुटानमा हुने यु १७ च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीको बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमकाबीच भुटान जाने नेपाली टोलीको बिदाइ गरेको हो । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र घरेलु टोली भुटान छन् । प्रतियोगिताका सम्पूर्ण खेल डबल राउन्ड रोबिन प्रणालीमा हुनेछ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि उचाल्नेछ ।

प्रतियोगिता आगामी अगष्ट २० देखि ३० सम्म आयोजना हुनेछ । नेपाली टोली भोली भुटान जानेछ । टोलीको गोलकिपरमा झरना दुम्राकोटी, लक्ष्मी ओली र गंगा गुरुङ छन् । त्यसैगरी रक्षकमा दिक्षा रायमाझी, सम्झना चन्द, एलिजा कुमारी विक, ज्ञान्सु डोल्मो लो, प्रतिमा ताडी, अनु माझी, मीनमाया श्रेष्ठ र अन्सु विक छन् । 

त्यसैगरी मिडफिल्डरमा दिकी स्याङबो तामाङ, क्रिस्टिना तामाङ, रविना विक, साहारा लिम्बू छन् । न्यसैगरी फरवार्डमा भूमिका बुढाथोकी, आशिका कार्की, सृजना बढुपाल, अस्मिता मगर, यामकुमारी विक, अनिता रानामगर र दीक्षा रान्पाल छन् । 
च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहनेछ । 

एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले भारतसँग अगस्ट २० र २९, भुटानसँग २२ र ३१ तथा बङ्गलादेशसँग अगस्ट २४ र २७ तारिख प्रतिस्पर्धा गर्नेछ ।  

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्