T10 T10

यौन शोषणको आरोपपछि यश दयाल प्रतिबन्धित

आइतबार, भदौ १, २०८२
Global

उत्तर प्रदेश टी–२० लिग आजदेखि सुरु भएको छ। पहिलो खेल मेरठ माभेरिक्स र कानपुर सुपरस्टार्सबीच हुँदैछ। तर, प्रतियोगिता सुरु हुनुअघि नै गोरखपुर लायन्सका खेलाडी यश दयाललाई ठूलो झटका लागेको छ। उनीमाथि प्रतियोगितामा खेलने प्रतिबन्ध लागेको छ। गोरखपुर लायन्सले उनलाई ७ लाख रुपैयाँमा किनेका थिए।

यश दयालका लागि पछिल्ला दुई वर्ष मैदानमा सफल भए पनि आईपीएल २०२५ पछि उनी व्यक्तिगत जीवनका कारण समस्यामा परेका छन्। गाजियाबाद र जयपुरमा दुई युवतीले उनीमाथि यौन शोषण र बलात्कारको गम्भीर आरोप लगाएका छन्।

गाजियाबादमा पहिलो उजुरीपछि उनलाई अस्थायी राहत मिले पनि, जयपुरमा परेको मुद्दामा उच्च अदालतले गिरफ्तारी रोक्न अस्वीकार गरेको छ। यस मुद्दाको अर्को सुनुवाइ साउन ६ गते (अगस्ट २२) हुने तय भएको छ।

यसैबीच, उत्तर प्रदेश टी–२० लिगले यशलाई प्रतिबन्धित गरेको खबर सार्वजनिक भएको छ। तर, यो आधिकारिक रूपमा लिग आयोजकले लगाएको हो वा खेलाडीले आफैं हट्ने निर्णय गरेको हो भन्ने स्पष्ट भएको छैन। जसरी भए पनि, यी गम्भीर आरोपपछि यश दयालको क्रिकेट करियर संकटमा परेको देखिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्