hERO hERO

एसियाकपमा पाकिस्तानले बाबर र रिजवानलाई नखेलाउने

आइतबार, भदौ १, २०८२

काठमाण्डौँ :पाकिस्तानले दुइ स्टार खेलाडीलाई बाहिर राखेर एसिया कपका लागि टोलीको घोषणा गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड पिसीबीले बाबर आजम र मोहम्मद रिजवानलाई बाहिर राखेर एशिया कप टी–२० क्रिकेटका लागि १७ सदस्यीय टोली घोषणा गरेको हो । पछिल्लो समय बाबरले फितलो प्रदर्शन गरेका थिए ।

वेस्ट इन्डिजसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा उनको प्रर्दन झुर थियो । वेस्ट इन्डिजसँगको शृङ्खलामा ह्यामस्ट्रिङ चोटबाट पीडित भएका फखर जमान टोलीमा फर्किएका छन् । पाकिस्तानी टोलीको नेतृत्व कप्तान सलमान आघाले गर्नेछन् ।

एशिया कपअघि पाकिस्तानले यूएई र अफगानिस्तानसँग त्रिदेशीय शृङ्खला खेल्ने तालिका छ  ।
 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्