hERO hERO
टप इण्ड टी–२० सिरिज

बंगालदेशसंग नेपाल ३२ रनले पराजित

शनिबार, साउन ३१, २०८२

काठमाडौँ :टप इण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।

आज भएको दोस्रो खेलमा नेपाल बंगालादेश ए संग ३२ रनले पराजित भएको हो । जितकालागि बंगालादेश ए ले दिएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो ।

नेपालकालागि कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान गरेपनि जित दिलाउन सकेनन् । आशिफ शेखले २८,लोकेश बलमे १५,कुशल भुर्तेलले १२ तथा कप्तान रोहित कुमार पौडेलले १० रन जोडे । करण केसीले ६ रन बनाउँदा दिपेन्द्र सिं ऐरीले १ रन बनाए । गुल्शन झाले खाता नै खोन्ल सकेनन् ।

त्यसअघि डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ थालेको बंगालादेश ए ले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । बंगालादेश एकालागि जिशान आलमले बिस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ७३ रन जोडे ।

आफिफ हुसेनले अविजित ४८ तथा  कोहम्मद नैइम शेखले २५ रन बनाए । बलिङतर्फ रिजन ढकालले दुई तथा करण केसी,नन्दन यादव र सन्दीप लामीछानेले १–१ विकेट लिए ।
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १९:०५
प्रतिक्रिया दिनुहोस्