सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अष्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजमा नेपालले बंगालादेश ए बाट १८७ रनको विशाल लक्ष्य पाएको छ ।
डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ थालेको बंगालादेश ए ले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८६ रन बनायो । बंगालादेश एकालागि जिशान आलमले बिस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ७३ रन जोडे । ४६ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । आफिफ हुसेनले नटआउट ४८ तथा कोहम्मद नैइम शेखले २५ रन बनाए ।
बलिङतर्फ रिजन ढकालले दुई तथा करण केसी,नन्दन यादव र सन्दीप लामीछानेले १–१ विकेट लिए । पहिलो खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजिमा छ । नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन भएका छन् । साहब आलम,सोमपाल कामी र रुपेश सिंलाई बेञ्जमा राखिएको छ । उनीहरुको स्थानमा नन्दन यादव,करण केसी र रिजन ढकाललाई खेलाईएको छ ।
हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल अष्ट्रेलियाको घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।