सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अष्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजमा अहिले नेपाल र बंगलादेश 'ए 'बीच प्रतिस्पर्धा भइरहेको छ ।
अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्डमा जारी खेलमा टस हारेको नेपालले सुरुवाती ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजिमा छ ।
नेपालका तीन खेलाडी परिवर्तन
नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन भएका छन् । साहब आलम,सोमपाल कामी र रुपेश सिंलाई बेञ्जमा राखिएको छ । उनीहरुको स्थानमा नन्दन यादव,करण केसी र रिजन ढकाललाई खेलाईएको छ ।
हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल अष्ट्रेलियाको घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।
बंगलादेश पनि पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित भएको थियो । सिरिजमा सहभागी हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन् । सिरिजमा ११ टोलीले सहभागिता जनाएका छन् ।