diwpawali diwpawali
टप इण्ड टी-२० सिरिज

नेपालले आज बंगालादेश ए सँग खेल्दै

शनिबार, साउन ३१, २०८२

काठमाण्डाेैँ: अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज बंगलादेश एसँग प्रतिस्पर्धा गर्ने भएको छ।

डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड–२ मा दिउँसो नेपाली समयअनुसार सवा २ बजे खेल सुरु हुनेछ। नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने बंगलादेश "ए"लाई नुरुल हसनले नेतृत्व गर्नेछन्।

दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका छन्। शुक्रबार नेपाल नर्दन टेराेटेरीसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश "ए" पाकिस्तान शाहीन्ससँग ७९ रनले हारेको थियो। यसैले आज दुबै टिम पहिलो जितको खोजीमा मैदानमा उत्रिनेछन्।

गत सिजन उपविजेता बनेको बंगलादेश एमा अन्तर्राष्ट्रिय अनुभवसहित हालैको बंगलादेश प्रिमियर लिगमा चम्किएका खेलाडीहरू सामेल छन्।

यो प्रतियोगिता २४ अगस्टसम्म डार्विन र पामरस्टनमा चल्नेछ। ११ टोलीबीच ३६ लिग खेल हुने कार्यक्रममा नेपालले मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग पनि खेल्नेछ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्