hERO hERO
टप एन्ड टी–२० सिरिज

नर्दर्न टेरिटोरीसंग ४२ रनले हार्‍यो नेपाल

शुक्रबार, साउन ३०, २०८२

काठमाडौँ :अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल पराजित भएको छ ।

डार्बीनमा आज भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसंग ४२ रनले पराजित भएको हो । जितकालागि नर्दर्नले दिएको १७८  रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

नेपालकालागि कुशल मल्लले सर्वाधिक ३४ रनको योगदान गरे । गुल्शन झाले २६ तथा कप्तान रोहित पौडेलले २३ रन बनाए । दिपेन्द्र सिं ऐरीले १९ रन जोडे । आशिफ हेखले ११,कुशल भुर्तेलले ८ रन बनाउँदा लोकश बमले खाता नै खोल्न सकेनन् ।

त्यसअघि कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा तानिएको नर्दर्न टेरिटोरीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । उसकालागि कप्तान डासी सार्टले सर्वाधिक ५१ रनको योगदान गरे ।

थोमस एन्ड्रयुट्जले ३२ तथा कोनर क्यारोलले १८  रन बनाए । बलिङतर्फ सन्दीप लामीछानले सर्वाधिक ३ विकेट लिए । शाहव आलमले २ विकेट लिँदा रोहित पौडेल,दिपेन्द्रं सिं ऐरी र रुपेश सिंले १–१ विकेट लिए ।

नेपालले दोस्रो खेलमा भोली बङ्गलादेश ‘ए’ विरुद्ध खेल्नेछ तालिका छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्