सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :टप एन्ड टी–२० सिरिजमा अहिले नेपाल र अष्ट्रेलियाको घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकरबीच प्रतिस्पर्धा भईरहेको छ ।
डार्बीनमा जारी खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि नर्दर्न टेरिटोरीले सुरुवाती ब्याटिङ गरिरहेको छ । नेपालले दोस्रो खेल शनिबार बङ्गलादेश ‘ए’ विरुद्ध खेल्नेछ भने तेस्रो खेल सोमबार मेलबर्न स्टार्ससँग हुनेछ।
मंगलबार हुने चौथो खेलमा प्रतिद्वन्द्वी होबार्ट हुरिकेन्स रहनेछन्। त्यसपछि, अगस्ट २० मा मेलबर्न रेनेगेड्स र अगस्ट २२ मा पाकिस्तान शाहीन्ससँग नेपालले प्रतिस्पर्धा गर्ने तालिका छ। कुल ११ टोली सहभागी यस सिरिजमा नेपालको प्रदर्शन चासोको विषय रहनेछ।
हिजो भएको उद्दघाटन खेलमा बंगलादेश ए लाई हराउँर्दै पाकिस्तान शाहिन्सले विजयी सुरुवात गरेको छ ।
-नर्दर्न टेरिटोविरुद्द नेपालको प्लेईङ ११ यस्तो छ ।