diwpawali diwpawali

नेपालले आज नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्दै

शुक्रबार, साउन ३०, २०८२

काठमाडौँ:अस्ट्रेलियामा बिहीबारदेखि सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो प्रतिस्पर्धा गर्ने तयारीमा छ। पहिलो खेलमा नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्नेछ। यो भिडन्त शुक्रबार दिउँसो २:१५ बजे सुरु हुनेछ।

नेपालले दोस्रो खेल शनिबार बङ्गलादेश ‘ए’ विरुद्ध खेल्नेछ भने तेस्रो खेल सोमबार मेलबर्न स्टार्ससँग हुनेछ। मंगलबार हुने चौथो खेलमा प्रतिद्वन्द्वी होबार्ट हुरिकेन्स रहनेछन्।

त्यसपछि, अगस्ट २० मा मेलबर्न रेनेगेड्स र अगस्ट २२ मा पाकिस्तान शाहीन्ससँग नेपालले प्रतिस्पर्धा गर्ने तालिका छ। कुल ११ टोली सहभागी यस सिरिजमा नेपालको प्रदर्शन चासोको विषय रहनेछ। हिजो भएको उद्दघाटन खेलमा बंगलादेश ए लाई हराउँर्दै पाकिस्तान शाहिन्सले विजयी सुरुवात गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्