सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :टप इन्ड टी–२० क्रिकेट सिरिज आजबाट अष्ट्रेलियामा सुरु भएको छ ।
उद्घाटन खेलमा आज बङ्गलादेश ‘ए’ र पाकिस्तान शाहिन्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे डार्बीनमा सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत भोली चार खेलहरु हुनेछन् । भोली नै नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसँग दिउँसो २:१५ बजे खेल्ने तालिकाक छ ।
अष्ट्रेलियाको उत्तरी क्रिकेट सङ्घ (एनटी) को आयोजनामा भएको सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । जसमा अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेको छ । अन्य टोलीमा बिगबास लिग (बिबिएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीहरु सहभागी हुनेछन् । एनटीको स्थानीय दुई टोलीको समेत सहभागिता रहनेछ ।
नेपालले यस सिरिजलाई टी–२० विश्वकप–२०२६ को एसिया छनोटको रुपमा लिएको छ । विश्वकपको एसिया छनोट आगामी अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा हुनेछ ।