सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडाैँ:युरोपेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इतिहास रच्दै पहिलो पटक यूईएफए सुपरकप जितेको छ।
बुधबार राति इटालीको युडिनेजीमा भएको फाइनलमा पीएसजीले टोटनहमलाई टाइब्रेकरमा ४–३ ले हरायो।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो। पहिलो हाफमा मिकी भान डे भेन र क्रिस्टियन रोमेरोका गोलले टोटनहम २–० ले अगाडि थियो। तर, ८५औं मिनेटमा ली काङ–इनले पीएसजीका लागि गोल गर्दै फर्कने संकेत दिए।
इन्ज्युरी समयको चौथो मिनेटमा गोन्जालो रोमोसले बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा नुनो मेन्डिजले निर्णायक प्रहार गर्दै फ्रान्सेली च्याम्पियनलाई जित दिलाए।
यो उपाधिसहित २०२५ मा पीएसजीको उपाधि संख्या पाँच पुगेको छ।