hERO hERO

एन्फा महिला लिग छनोट आजदेखि सुरु

बिहीबार, साउन २९, २०८२

काठमाडौँ :अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा महिला लिग छनोट आज (बिहीबार)देखि ललितपुरमा सुरु भएको छ। उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल दिउँसो १ बजे सातदोबाटो एन्फा मैदानमा भिड्दैछन्।

अपराह्न ४:१५ बजे दोस्रो खेलमा सङ्कटा क्लब र नेपाल खेलकुद क्लब आमनेसामने हुनेछन्।

१४ टोली सहभागी रहेको प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ। खेलहरू सातदोबाटो र च्यासलमा राउन्ड रोबिन आधारमा हुनेछन्, जसअन्तर्गत ४३ खेल खेलिने छन्।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी एफसी, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट एफसी, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन्।
समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गर्ल्स, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

प्रतियोगिताबाट शीर्ष ५ टोली एन्फा महिला लिगमा छनोट हुनेछन्। दुवै समूहको शीर्ष दुई टोली सिधै छनोट हुनेछन् भने समूहको तेस्रो स्थानमा पर्ने दुई टोलीबीचको प्ले अफबाट पाँचौँ स्थानको टुङ्गो लाग्नेछ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्