hERO hERO

एन्फा विरुद्द गणेश थापाले दायर गरेको रिट खारेज

बिहीबार, साउन २९, २०८२

काठमाडौँ :पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापाले दायर गरेका रिट खारेज गरेको छ।

गणेश थापाले एन्फा र अध्यक्ष पङ्कज विक्रम नेम्बाङमाथि अदालतको अवहेलना गरेको आरोप लगाउँदै गत १९ वैशाखमा रिट दायर गरेका थिए। तर, अदालतले दाबी पर्याप्त नभएको ठहर गर्दै मुद्दा अस्वीकार गरेको हो।

त्यस्तै, गौरव थापाले पनि २३ वैशाखमा साधारण सभामा आफ्नो सहभागिता सुनिश्चित गर्ने मागसहित र २ जेठमा अदालतको अवहेलनासम्बन्धी अर्को रिट दायर गरेका थिए। तर, ती दुवै मुद्दा बुधबार खारेज भएका छन्।

काभ्रेको धुलिखेलमा २६ वैशाखमा सम्पन्न एन्फाको साधारण सभामा, फिफाको १० वर्षे प्रतिबन्ध अवधि सकिएको भन्दै गणेश थापाले प्रवेशको माग गरेका थिए। तर, एन्फाले प्रक्रिया अधुरो भएको कारण देखाउँदै गणेश र गौरव दुवैलाई प्रवेश नदिएको थियो।

यसअघि, रमेश रायमाझी र रबिन चन्दले एन्फालाई विपक्षी बनाएर दायर गरेका रिट पनि अदालतले खारेज गरिसकेको छ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्