सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अखिल नेपाल फुटबल संघ एन्फाले स्वर्गीय खेलाडीहरूको सम्झनामा यू–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्बन्धित आज (एन्फा) मकवानपुर पहिरोमा मृत्यु भएका खेलाडीहरुका परिवारबीच भएको छलफलमा उक्त सहमति भएको हो । २०८१ साल असोज ११ र १२ गतेको अविरल वर्षापछिको पहिरोमा परी श्री वत्सलादेवी माध्यमिक विद्यालय, इन्द्रसरोवर–३ सिस्नेरी, मकवानपुरस्थित एन्फा एकेडेमीका खेलाडी अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय र साईमन योञ्जनको निधन भएको थियो । महासचिव किरण राईको अध्यक्षतामा भएको छलफलपछि निम्नानुसार सहमति भएको छः
यू–१४ अन्तरविद्यालय प्रतियोगिता स्वर्गीय खेलाडीहरूको सम्झनामा एन्फा यू–१४ छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८२ मा आयोजना गर्ने निर्णय गरिएको छ। प्रतियोगितामा सम्बन्धित परिवारजनलाई जिल्ला तथा केन्द्र स्तरमा सहभागी गराइनेछ।
सालिक स्थापना स्वर्गीय खेलाडीहरूको अर्धकदको सालिक एन्फा कम्प्लेक्स, सातदोबाटोमा स्थापना गरिने छ। सालिक निर्माणपछि परिवारजनको सहमतिमा वार्षिक पुण्यतिथि वा प्रतियोगिताको फाइनल खेलको अवसरमा अनावरण गरिनेछ।
अक्षयकोष स्थापना स्थानीय स्तरमा फुटबल विकास तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि स्वर्गीय खेलाडीहरूको सम्झनामा क्षेत्रीय अक्षयकोष स्थापना गरिनेछ। कोष निर्माण र सञ्चालनमा परिवारजनको पूर्ण अधिकार रहनेछ र अन्य सहयोगी संघ–संस्था तथा व्यक्तिहरूलाई सहयोगका लागि आह्वान गरिनेछ।
वार्षिक श्रद्धाञ्जली सभा प्रत्येक वर्ष असोज १२ गते स्वर्गीय खेलाडीहरूको पुण्यतिथिमा परिवारजनको सहभागिता सहित श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय पनि गरिएको छ।