hERO hERO

एशिया कपमा भारतको सहभागिताप्रति हरभजन सिंहको आपत्ति

बुधबार, साउन २८, २०८२

काठमाडौँ:पूर्व भारतीय क्रिकेटर हरभजन सिंहले पुरुष एशिया कपमा भारतीय टोलीको सहभागिताप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बीसीसीआईले भारतलाई पाकिस्तानसहित आठ देश सहभागी हुने प्रतियोगितामा खेल्ने अनुमति दिएको हो।

एशिया कपमा भारत र पाकिस्तानबीच तीन पटकसम्म भिडन्त हुन सक्ने सम्भावना छ। पहिलो समूह चरणको खेल १४ सेप्टेम्बरमा दुबईमा हुनेछ।

हरभजनले भने, सीमा सुरक्षा बलका सैनिकहरूका बलिदानको सम्मान गर्न आवश्यक छ। सीमा तनाव रहँदा क्रिकेट खेल्नु “सानो कुरा” भएको उनको भनाइ छ।

उनले सरकारले भनेझैं “रगत र पानी एकसाथ बग्न सक्दैन” भन्दै महत्वपूर्ण मुद्दा समाधान नभएसम्म खेल स्थगित गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्