सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपालका सबै खेलाडीहरुको टी–२० ब्याटिङ वरियता खस्किएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आज सार्बजनिक गरेको टी–२० ब्याटिङ वरियतामा नेपालका कुनै पनि खेलाडीले वरियतामा सुधार गरेका छैनन् । दीपेन्द्र सिं ऐरी,कप्तान रोहित पौडेल,आशिफ शेख र कुशल भुर्तेलको ब्याटिङ वरियता खस्किएको छ । भुर्तेललको वरियता दुई स्थान तल खस्किएर ८६ औँ स्थानमा आईपुगेको छ भने अन्यको वरियता एक स्थान खस्किएको छ ।
आइसीसीको नयाँ वरियतामा ऐरी ६६,पौडेल ६९ तथा शेख ८० औँ स्थानमा रहेका छन् । वरियताको शीर्ष स्थानमा भारतका अभिषेक शर्मा यथावत रहँदा भारतकै तिलक वर्माले एक स्थान सुधार गर्दै दोस्रो स्थानमा पुगेका छन् । इङल्याण्डका पिल साल्ट एक स्थान सुधार गर्दै तेस्रो स्थानमा रहेका छन् ।
टी–२० अलराउण्डरतर्फ कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ३४ औँ स्थानमा छन् । अलराउण्डर तर्फ करण केसी ८८,कुशल मल्ल ७१,कप्तान रोहित पौडेल ६९ , गुल्शन झा ५९ तथा दिपेन्द्र सिं ऐरी २ को वरियता यथावत छ ।