सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि अब इच्छुक कम्पनीहरूले तीन वर्षसम्मको सहकार्य अवसर पाउन दरखास्त पेस गर्न सक्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकेको छ, जसमा ब्रान्डको लोगो जर्सीको अगाडि रहने व्यवस्था हुनेछ।
क्यानले जारी गरेको सूचनाअनुसार आवेदन भदौ १४ गते बिहान ११ बजेसम्म पेस गर्नुपर्नेछ। आवेदनका साथ ३० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। कम्पनी दर्ता, भ्याट/प्यान प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, व्यवसाय सञ्चालन इजाजतपत्र, कम्पनी प्रोफाइल तथा विगतका प्रायोजन अनुभव (यदि भएमा) पनि अनिवार्य हुनेछ।
यसअघि क्यानले पुरुष क्रिकेट टोलीको जर्सी प्रायोजन नासा सेक्युरिटिजलाई दिएको थियो।