hERO hERO

किरण चेम्जोङ बंगलादेश पुलिस क्लबमा आवद्ध

बुधबार, साउन २८, २०८२

काठमाडौं :नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लब बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका छन्।

३५ वर्षीय किरण यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, माजिया क्लब र भारतको मिनर्भा पञ्जाबबाट खेलिसकेका छन्। सन् २००७ देखि राष्ट्रिय टोलीमा गोलकिपरको भूमिका निभाउँदै आएका उनी पछिल्लो समय क्लबविहीन थिए। यो उनको चौथो विदेशी क्लब हो।

यससँगै किरण आफ्ना राष्ट्रिय टिमका सहकर्मी आयुष घ्लानसँगै बंगलादेश लिग खेल्ने भएका छन्। २१ वर्षीय घ्लान पनि बंगलादेश पुलिस क्लबमै आवद्ध छन्।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्