hERO hERO

३३ वर्षपछि पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज वेस्ट इण्डिजलाई

बुधबार, साउन २८, २०८२

काठमाडौं : वेस्ट इण्डिजले ३३ वर्षपछि पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज आफ्नो पक्षमा पार्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

गएराति सम्पन्न तेस्रो तथा निर्णायक एकदिवसीयमा घरेलु टाेलीले पाकिस्तानलाई २०२ रनले पराजित गर्दै सिरिज २–१ ले जितेकाे हाे। वेस्ट इण्डिजले यसअघि सन् १९९१ मा मात्र पाकिस्तानविरुद्धको द्विपक्षीय एकदीवशीय सिरिज जितेको थियो।

वेस्ट इण्डिजकाे जितमा कप्तान साई होप र बलर ज्याडन सिल्स नायक बने। होपले ९४ बलमा १० चौका र ५ छक्कासहित अविजित १२० रन बनाए भने सिल्सले ७.२ ओभरमा १८ रन खर्चेर ६ विकेट झारे।

२ सय ९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान २९.२ ओभरमै ९२ रनमा समेटियो। उसका लागि सलमान अघाले सर्वाधिक ३० रन बनाए भने पाँच ब्याटर शून्यमै आउट भए।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्