hERO hERO

दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ५३ रनले हरायाे

बुधबार, साउन २८, २०८२

काठमाडौं :अष्ट्रेलियाको लगातार ९ खेलको टी–२० अन्तर्राष्ट्रिय जितको शृङ्खला दक्षिण अफ्रिकाले तोडेको छ।

डार्विनमा बुधबार भएको दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ५३ रनले पराजित गर्दै तीन खेलको सिरिज १–१ को बराबरीमा ल्याएकाे हाे । 

जीतका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १७ ओभर ४ बलमै अलआउट हुँदै १ सय ६५ रनमा समेटियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले डेवाल्ड ब्रेभिसको शानदार १२५ रनको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।

अब यी दुई टोलीबीचको तेस्रो तथा निर्णायक खेल शनिबार हुनेछ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्