T10 T10

पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिज विजयी

सोमबार, साउन २६, २०८२
Global

काठमाडौँ :गएराती सम्पन्न पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजले ५ विकेटले विजयी भएको छ । 
जितसंगै घरेलुटोलीले सिरिजमा  १-१  कोबराबरी गरेको छ। वर्षाले प्रभावित यो खेल ३५ ओभरमा सीमित गरिएको थियो।

डिएलएस मेथडअनुसार पाकिस्तानले दिएको १८१ रनको लक्ष्य वेस्ट इन्डिजले ३३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। टोलीका लागि रोस्टन चेज ४९ रनमा अविजित रहे भने जस्टिन ग्रीभ्सले पनि अविजित २६ रन जोडे। शेरफान रुदरफोर्डले आक्रामक ४५ रन बनाए।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ३७ ओभरमा ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो।

यो जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ। निर्णायक तथा अन्तिम खेल मंगलबार हुनेछ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्