सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अस्ट्रेलियाले टी–२० सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई १७ रनले पराजित गरेको छ ।
अस्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ। सिरिजको दोस्रो खेल मंगलवार डार्विन मैदानमा खेलिनेछ । यस मैदानमा आइतबार पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय खेल भएको हो। यति मात्र होइन, १८ वर्षपछि यहाँ अन्तर्राष्ट्रिय खेलको पनि पुनरागमन भएको छ।
टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलिया २० ओभरमा १७८ रनमै अलआउट भयो। एक समयमा टोलीले ७५ रनमै ६ विकेट गुमाएको थियो। यस्तो अवस्थामा टिम डेभिडले पारी सम्हाल्दै स्कोर १५० पार पुर्याए । उनले ५२ बलमा ८३ रनको आक्रामक पारी खेले जसमा ४ चौका र ८ छक्का समावेश थिए। दक्षिण अफ्रिकाका क्वेना म्फाकाले ४ विकेट लिए भने कगिसो रबाडाले २ विकेट हात पारे। १७९ रनको लक्ष्य पछ्याउँदै उत्रिएको दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाएर १६१ रनमै सीमित भयो। ओपनर रायन रिकेल्टनले ५५ बलमा ७१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। अस्ट्रेलियाका जोश हेजलउड र बेन ड्वार्शिसले समान ३–३ विकेट लिए भने एडम जम्पाले २ विकेट हात पारेका थिए ।