अष्ट्रेलिय जाने क्रिकेट टोलीको बिदाई, एक खेलाडी परिवर्तन

आइतबार, साउन २५, २०८२

काठमाडौँ :अष्ट्रेलियामा हुने टप इण्ड टी–२० सिरिजमा सहभागि हुन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज एक कार्यक्रमको आयोजना गर्दै टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली भोली अस्ट्रेलिया उड्ने छ । अस्ट्रेलिया जाने खेलाडीमा एक परिवर्तन भएको छ । मातृशोकमा परेका ललित राजवंशीको ठाउँमा शाहव आलमले खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीको प्रायोजक पनि पाएको छ ।  

क्यानले आज कार्यक्रमबाबीच नासा सेक्युरिटिजसंग जर्सी प्रायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर समेत गरेको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द, क्यानका जनरल म्यानेजर उत्सव ढुंगाना तथा नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेल र नासाका प्रतिनिधि अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

तीन वर्षको सम्झौता अनुसार अब राष्ट्रिय टोलीको जर्सीमा नासा  सेक्युरिटिजको लोगो राखिनेछ । वार्षिक २ करोड ३६ लाख रुपैयाँमा उक्त सम्झौता भएको हो । 
 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्