सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाली राष्ट्रिय क्रिकेट टिमको आधिकारिक जर्सीमा नासा सेक्युरिटिज अब प्रमुख प्रायोजक बन्न पुगेको छ ।
नेपाल क्रिकेट संघ र नासा सेक्युरिटिजबीच आइतबार भएको सम्झौताअनुसार राष्ट्रिय टोलीको जर्सीमा नासाको लोगो राखिनेछ ।
कार्यक्रममा क्यान अध्यक्ष चतुर बहादुर चन्द, सदस्य सचिव टंकलाल घिसिङ र नासाका म्यानेजिङ डाइरेक्टर मदन पौडेलले संयुक्त रुपमा नयाँ जर्सी सार्वजनिक गरे । सम्झौतापत्रमा क्यान र नासाका शीर्ष प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए ।