hERO hERO

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

आइतबार, साउन २५, २०८२

काठमाडौँ :क्रिकेटर ललित नारायण राजवंशीलाई मातृशोक परेको छ ।

उनकी ६३ बर्षीया आमा शुभो राजवंशीको आज निधन भएको पारिवारीक स्रोतले बताएको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनको विराटनगर महानगरपालिका–१४ स्थित आफ्नै घरमा निधन भएको हो ।

उनको आजै अन्तिम संस्कार गर्ने तयारी भइरहेको परिवारले जनाएको छ ।राजवंशीका तीन छोरा र एक छोरी छन् । ललित कान्छा छोरा हुन् ।

 


 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्