सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज दिउँसो पौने २ बजे नेपालले एएफसी यू-२० महिला एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेलमा उत्तर कोरियासँग भिड्नेछ।
नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले पराजित गरेको छ। उत्तर कोरियाले भने साउदी अरेबियालाई १५-० र भुटानलाई १०-० को फराकिलो अन्तरले हराएको छ।
सन् २००४ मा यस्तै प्रतियोगितामा नेपाल १९-० गोलअन्तरले उत्तर कोरियासँग पराजित भएको थियो। समूहविजेता तथा तीन उत्कृष्ट उपविजेता मात्र एसियन कपमा पुग्ने भएकाले नेपाललाई छनोटमा पुग्न आजको खेल जित्नै पर्नेछ।