सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मिनी अक्सनको पहिलो चरण सम्पन्न हुँदा ८ फ्रेन्चाइज टोलीले जम्मा २६ खेलाडी भित्र्याएका छन्। तीमध्ये काठमाडौं गोर्खाज मात्र आफ्नो खेलाडी कोटा पूरा गर्न सफल भयो।
गोर्खाजले ३७ लाख रुपैयाँ खर्चेर आदिल आलमसहित ५ खेलाडी अनुबन्ध गरेको हो। अन्य टोलीहरूले भने पहिलो चरणमै आवश्यक संख्याका खेलाडी भित्र्याउन सकेनन्।
यस सिजनमा सबैभन्दा बढी मूल्य १५ लाख रुपैयाँ आदिल आलम, अर्जुन साउद, देव खनाल र पवन सर्राफले पाए। अर्जुन र देव चितवन राइनोजमा पुगेका छन् भने पवन सर्राफ कर्णालीबाट खेल्ने भएका छन्।
पहिलो चरणमा अनसोल्ड भएका खेलाडीलाई दोस्रो चरणमा न्यूनतम मूल्यमा अनुबन्ध गर्ने अवसर रहनेछ।
१५ लाख रुपैयाँ (सर्वाधिक मूल्य ) १. मोहम्मद आदिल आलम – काठमाडौं २. देव खनाल – चितवन ३. अर्जुन साउद – चितवन ४. पवन सर्राफ – कर्णाली
१० लाख रुपैयाँ ५. हेमन्त धामी – सुदूरपश्चिम ६. युवराज खत्री – कर्णाली ७. सन्तोष यादव – काठमाडौं ८. सूर्य तामाङ – विराटनगर ९. दिलीप नाथ – लुम्बिनी १०. शेर मल्ल – लुम्बिनी
७ लाख ५० हजार रुपैयाँ ११. मयन यादव – जनकपुर
७ लाख रुपैयाँ १२. आकाश त्रिपाठी – काठमाडौं
५ लाख रुपैयाँ १३. आदित्य महता – जनकपुर १४. अर्जुन कुमाल – पोखरा १५. नारायण जोशी – विराटनगर १६. साहिल पटेल – विराटनगर १७. विशाल पटेल – लुम्बिनी
३ लाख रुपैयाँ
१८. उत्तम थापा मगर – काठमाडौं
२ लाख रुपैयाँ १९. सचिन भट्ट – जनकपुर २०. टेकबहादुर रावत – सुदूरपश्चिम २१. दीपेन्द्र थापा – सुदूरपश्चिम २२. इमरान शेख – कर्णाली २३. दीपक डुम्रे – कर्णाली २४. तुलबहादुर थापा – काठमाडौं २५. कृष्ण पौडेल – पोखरा २६. अभिषेख तिवारी – पोखरा