hERO hERO

वेष्टइण्डिजलाई पाकिस्तानले हरायो

शनिबार, साउन २४, २०८२

काठमाडौँ :पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले वेस्ट इन्डिजलाई हराएको छ ।

शुक्रवार भएको पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई उसैको घरेलु मैदानमा पाँच विकेटले हराएको हो । जितकालागि घरेलुटोलीले दिएको दुई सय ८१ रनको लक्ष्य पाकिस्तानले ७ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो । उसकालागि हसन नवाजले आफ्नो ‘डेब्यू’ खेलमै शानदार ब्याटिङ गर्दै नटआउट ६३ रनको योगदान गरे । कप्तान मोहम्मद रिजवानले ५३ तथा बाबर आजमले ४७ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ४९ ओभरमा लआउट हुनुअघि दुई सय ८० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एभिन लेविसले सर्वाधिक ६० रन बनाए । उसकालागि कप्तान साई होपले ५५ तथा रोस्टन चेजले ५३ रन जोडे । बलिङतर्फसाहिन शाह अफ्रिदीले चार तथा नसिम शाहले तीन विकेट लिएका थिए ।

जितसंगै पाकिस्तानले तीन खेलको श्रृखंलामा १–० को अग्रता बनाएको छ । शृंखलाको दोस्रो खेल भोली आइतबार हुनेछ । 
 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्