hERO hERO

साउदी बिरुद्द नेपालको कठिन जित 

शुक्रबार, साउन २३, २०८२

काठमाडौँ :यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरबबिरुद्ध कठिन जित निकालेको छ ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा आज भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले कमजोर टोली साउदीविरुद्ध १–० को कठिन जित निकालेको हो । नेपालको जितमा सुक्रिया मियाँले अतिरिक्त समयमा गरेको एक मात्रै गोल निर्णायक बन्यो ।

त्यसअघि पहिलो हाफमा नेपालले सुवर्ण अवसर गुमाएको थियो । खेलको ३८ औँ मिनेटमा मीना देउवाले पेनाल्टी पाएपनि गोल गर्न चुकेकी थिईन् । जितसंगै नेपालले तीन अंक जोडेर समूहको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा नेपालले आयोजक टोली भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो ।समूहको शीर्ष स्थानको उत्तर कोरियाले साउदीलाई १५–० ले हराएको थियो ।

लगातार दोस्रो हारपछि साउदी अरब भने प्रतियोगिताबाट फर्किएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अझै अयोग्य रह्यो दशरथ रंगाशाला 
शुक्रबार, साउन २३, २०८२

बंगलादेशसंग हार्‍यो नेपाल
शुक्रबार, साउन २३, २०८२