सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाल क्रिकेट संघ (क्यान) ले दुबईमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको प्रायोजन तथा प्रशारण अधिकारको बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ।
क्यानले आज सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक कम्पनी तथा निकायबाट शिलबन्दी बोलपत्र आह्वान गरेको हो।
राष्ट्रिय प्रतिस्पर्धात्मक बोलकबोल (नेशनल कम्पिटेटिभ बिडिङ) अन्तर्गत एकै चरण र एकै खाम पद्धतिबाट बोलपत्र माग गरिएको क्यानले जनाएको छ।
बोलकबोलका लागि आवश्यक कागजातहरु क्यानको मुलपानीस्थित कार्यालयबाट १० हजार रुपैयाँ दस्तुर बुझाई २२ अगष्ट २०२५ सम्म खरिद गर्न सकिनेछ। बोलपत्रको दस्तुर सिद्धार्थ बैंक, हात्तीसारमा रहेको क्यानको खातामा जम्मा गर्न सकिने क्यानले जनाएको छ ।
बोलपत्र पेश गर्ने अन्तिम म्याद २४ अगष्ट २०२५ दिउँसो १२ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो २ बजे क्यानको कार्यालयमै बोलपत्र खोलिने जनाइएको छ। बोलकबोलमा सहभागीले बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म कायम हुनेगरी न्यूनतम २ लाख रुपैयाँको धरौटी राख्नुपर्ने क्यानले स्पष्ट पारेको छ।
यदि तोकिएको मितिमा सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो दिननै अन्तिम म्याद मानिने क्यानले जनाएको छ।
अधिक जानकारीका लागि क्यानको कार्यालय वा [email protected] मा सम्पर्क गर्न आग्रह गरिएको छ।