hERO hERO

पाकिस्तानी क्रिकेटर हैदर अली बलात्कार आरोपमा गिरफ्तार

शुक्रबार, साउन २३, २०८२

काठमाडौँ :पाकिस्तानी क्रिकेटर हैदर अली बलात्कार आरोपमा गिरफ्तार भएका छन् ।

इंग्ल्याण्ड भ्रमणमा रहेका पाकिस्तान ’ए’ टोलीका क्रिकेटर हैदर अलीलाई यौन दुव्र्यवहारको आरोपमा बेलायतको ग्रेटर म्यानचेस्टर प्रहरीले गिरफ्तार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

२४ वर्षीय हैदरमाथि ४ अगस्त २०२५ मा उजुरी दर्ता भएको थियो। प्रहरीले उनको पासपोर्ट जफत गर्दै अनुसन्धान पुरा नभएसम्म देश नछाड्न निर्देशन दिएको छ । यदि धरौटीमा छुटे पनि उनी इंग्ल्याण्डमै रोकिने सम्भावना छ । 

घटनापछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हैदरलाई निलम्बन गरेको छ । बोर्डका अनुसार अनुसन्धान पूरा नभएसम्म उनी खेल गतिविधिबाट टाढा रहनेछन्।
हैदर अलीले पाकिस्तानका लागि २ ओडीआई र ३५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। टी–२० मा उनले ५०५ रन बनाएका थिए । 


 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्