सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:अन्तराष्ट्रीय क्रिकेट पिरषद्( आईसीसी) ले हरेक हप्ता बुधबार का दिन पुरुष खेलाडीहरूको नयाँ वरियता सार्वजनिक गर्छ। यो वरियता अंक (प्वाइन्ट) प्रणालीमा आधारित हुन्छ र यसमा कुनै मानिसले निर्णय लिँदैन, बरु एउटा कम्प्युटर एल्गोरिदम प्रयोग हुन्छ।
वरियता निर्धारणको मुख्य आधारहरू: खेलाडीहरूलाई ० देखि १००० अंकसम्म रेटिङ् दिइन्छ। जसको आधारमा उनीहरूको स्थान तय गरिन्छ।
रेटिङ प्वाइन्टको अर्थ:
कसरी तय हुन्छ रेटिङ् अंक?
उदाहरणको लागि, गाह्रो पिचमा बलियो टोली विरुद्ध धेरै रन बनाएको खेलाडीलाई सोही प्रदर्शनको लागि अझ बढी अंक दिइन्छ।
को निर्धारण गर्छ वरियता? वरियता मानवले नभइ एक स्वचालित कम्प्युटर प्रणाली (एल्गोरिदम) ले बनाउँछ। एल्गोरिदम यस्तो बनाइएको छ जसले:
किन कहिलेकाहीँ अनौठो वरियता देखिन्छ? जस्तै – राेहित पाैडरेलले धेरै रन बनाउँदा पनि वरियता घट्यो तर साेमपाल कामीले कम रन बनाएर पनि वरियतामा सुधार ल्याए । त्यो सिर्फ रनको आधारमा नभइ कसरी र कहिले रन बनाए भन्ने कुराले निर्भर गर्छ। कठिन परिस्थितिमा राम्रो प्रदर्शन गर्दा बढी अंक मिल्छ।