सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अस्ट्रेलियामा हुने टप इण्ड टि–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने बंगलादेश ‘ए’ को टोली घोषणा भएको छ ।
बंगलादेश क्रिकेट बोर्ड बिसिबीले प्रतियोगिताका लागि आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको हो । बंगलादेशी टोलीको नेतृत्व क्वाजी नुरुल हसन सोहानले गर्नेछन् । बंगलादेशको टोली ७ अगस्टको साँझ ढाकाबाट प्रस्थान गर्नेछ । सिरिजमा नेपालले बंगलादेश ‘ए’ सँग पनि खेल्ने तालिका छ । नेपाल र बंगलादेश ‘ए’ बीच १६ अगस्टमा प्रतिस्पर्धा हुनेछ ।
नेपालले हिजो मात्रै रोहित कुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको थियो । लगातार दोस्रो संस्करणमा सहभागी बंगलादेश ए सिरिजको साविक उपविजेता समेत हो ।
नेपालले भने पहिलो पटक सिरिजमा सहभागीता जनाउन लागेको हो ।