diwpawali diwpawali

उमेर लुकाउने खेलाडीहरूलाई रोक्न कडा कदम चाल्दै भारत

सोमबार, साउन १९, २०८२

काठमाडौँ :भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले खेलाडीहरूले आफ्नो उमेर लुकाउने समस्या रोक्न नयाँ व्यवस्था लागू गर्ने भएको छ।

बोर्डले अब उमेर प्रमाणित गर्न बाह्य कम्पनीहरूलाई जिम्मा दिने योजना बनाएको छ। यसका लागि ठूलो–ठूलो कम्पनीहरूलाई बोलि दिई सेवा लिन खोजिएको छ।

यो प्रक्रिया “प्रस्ताव माग” को रूपमा गरिएको हो, जसमा कम्पनीहरूले आफ्नो काम गर्ने तरिका र मूल्य बताउँछन्। बीसीसीआईले तीन वर्षभन्दा बढी समयदेखि उमेर प्रमाणित गर्ने काम गरिरहेका र भारतभर सेवा दिन सक्ने कम्पनीहरूलाई प्राथमिकता दिनेछ।

बीसीसीआईले दुई चरणमा उमेर जाँच गर्नेछ। पहिलो चरणमा जन्म प्रमाणपत्र र अन्य कागजात जाँचिनेछ। दोस्रो चरणमा हड्डी परीक्षण गरिनेछ, जुन मुख्यतः अन्डर–१६ केटा र अन्डर–१५ केटी खेलाडीहरूमा गरिन्छ।

यो नयाँ प्रणाली अगष्ट महिनाको अन्त्यसम्म सुरु गरिने अपेक्षा छ। यसले उमेर लुकाएर खेलमा प्रवेश गर्ने खेलाडीलाई रोक्ने लक्ष्य राखेको छ।

खेलाडीले दिएको आधार कार्ड, पासपोर्ट, जन्म प्रमाणपत्र, विद्यालयको रेकर्ड जस्ता कागजातहरू पनि यसमा समावेश गरी जाँच गरिनेछ। यदि आवश्यक परे ग्रामीण क्षेत्रहरूमा पनि व्यक्तिगत अनुगमन गरिनेछ।

उमेर लुकाउने खेलाडीहरू पत्ता लागे कडा कारबाही गरिने बीसीसीआईले जनाएको छ। यसअघि पनि केही खेलाडीमाथि उमेर लुकाउने आरोप लागेको थियो, तर हालै वैभव सूर्यवंशीको उमेरलाई लिएर लागेको शंका गलत साबित भएको थियो।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्